मलखाद

मलखादको प्रयोग गर्नु पूर्ब माटोको नमुना परिक्षण गराई माटोमा नपुग तत्वको समुचित प्रयोग गर्न सकेमा माटोमा संतुलित खाद्यतत्व ब्यबस्थापनमा सहयोग पुग्दछ । सुन्तलाको राम्रो उत्पादनलिन निम्न अनुसारको सन्तुलित मलखादको प्रयोग गर्न सिफारिस गरिएको छ  

विरुवाको उमेर(बर्ष)

गोठेमल(के.जी)

युरिया (ग्राम)

डी.ए.पी (ग्राम)

पोटास(ग्राम)

१ २० १२० १९५ १५०
२ २५ २०० ३२५ ३३५
३ ३० २६५ ४३५ ५००
४ ३५ ३३० ५४५ ८३५
५ ४० ४६५ ७६० १०००
६ ४५ ५३० ८७० ११६५
७ ५० ५९५  ९८०  १५००

नोट : ७ बर्षबाट माथि उल्लेखित मात्रामा मलखाद प्रयोग गर्दे जाने । मलखाद फल टिपिसकेपछि पुष–माघ महिनामा दिनुपर्दछ, आधाभाग युरिया असारमा दिनुपर्छ । मलखाद दिएपछि सिंचाइ गर्न बिसर्नुहुन्न । मलखाद दिदा बोटको फैलाबटमुनि चारैतिर १५–२० से.मी. चाक्लो तथा ३० से.मी. गहिरो खाडल खनेर दिनुपर्दछ । यसका अलावा फुल फुलेपछि, फल केराउको दाना जत्रो भएपछि सुक्ष्म तत्वहरु दिनुपर्दछ।